images
images

जिरी माविले ४५ वर्ष अघि छुटेका विद्यार्थीहरुको पुर्नमिलन गर्दै

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी माध्यमिक विद्यालयले पुराना विद्यार्थीहरुको भेला गर्ने भएको छ ।

जिरी माविले यही मंसिर २४ गते २०२५ सालदेखि २०३५ सालसम्म एसएलसी परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई भेला गरी पुर्नमिलन गर्न लागेको हो । विद्यालयले विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अविभावक दिवशको अवसरमा अहिलेभन्दा ४५ वर्षअघिसम्म एसएलसी परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई बोलाएर सम्मान गर्ने कार्यक्रम राखेको छ । २०१७ सालमा स्थापना भएको जिरी माविबाट २०२५ सालमा पहिलो पटक ७ जनाले एसएलसी दिएका थिए । सो क्रममा पूर्व सांसद इन्द्र बहादुर खड्का, दिव्यध्वज कार्की, डा. ओलक बहादुर जिरेल लगायत ७ जनाले नै एसएलसी उत्तिर्ण गरेका थिए । २०२५ सालबाट एसएलसी सुरु भएको सो विद्यालयबाट २०३५ सम्म पुग्दा एक सय १४ जनाले एसएलसी दिएको विद्यालयको तथ्यांक छ । तर, करिब ३० देखि ४० जना जना कार्यक्रममा सहभागी हुने अनुमान छ ।

अहिले उनीहरुकै पुर्नमिलनका लागि विद्यालयमा अध्ययन गर्दा वितेका यादगार पलहरुलाई पुनः स्मरण गराउने र एक अर्कामा भेटघाट तथा भलाकुसारी गर्ने अवसर प्रदान गर्नका लागि विद्यालयले यस्तो कार्यक्रमको आयोजना गरेको जिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले जानकारी दिनुभयो । भेला गर्न लागिएको विद्यार्थीहरु जिरी माविका सबैभन्दा पुराना विद्यार्थीहरु हुन् ।

जिरी माविले यही मंसिर २४ गते २०२५ सालदेखि २०३५ सालसम्म एसएलसी परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई भेला गरी पुर्नमिलन गर्न लागेको हो । विद्यालयले विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अविभावक दिवशको अवसरमा अहिलेभन्दा ४५ वर्षअघिसम्म एसएलसी परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई बोलाएर सम्मान गर्ने कार्यक्रम राखेको छ । २०१७ सालमा स्थापना भएको जिरी माविबाट २०२५ सालमा पहिलो पटक ७ जनाले एसएलसी दिएका थिए ।

हालसम्म कतिपयको निधन पनि भइसकेको छ भने कतिपय देश बाहिर र देशकै विभिन्न स्थानमा रहेका छन् । २०२५ देखि २०३५ सम्मगरी १० वर्षको अन्तरमा एसएलसी दिएका एक सय १४ जना मध्ये हालसम्म करिब एक दर्जन विद्यार्थीहरु दिवंगत भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै पूराना विद्यार्थीहरु भएकाले उनीहरुको पुर्नमिलन गर्ने अवसर प्रदान गर्नका लागि हाल ती विद्यार्थीहरुलाई सम्पर्क गर्ने तथा खोजी नीति गर्ने क्रम जारी छ । यस्तो कार्यक्रम यो वर्ष मात्रै नभएर विद्यालयले आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो । पूर्व प्रधानाध्यापक समेत रहनुभएका कार्कीले जिरी माविले पूर्व विद्यार्थीको भावनात्मक सम्बन्धलाई विद्यालयसँग जोड्न खोजेको प्रतिक्रिया पनि दिनुभयो ।

जिरीमा जिरी मावि स्थापना हुँदा सुरुवाती चरणमा दोलखाका मात्रै नभई रामेछाप, सोलुखुम्बु र ओखलढंगादेखिका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका थिए । सो क्रममा विद्यार्थीलाई पढाउनका लागि बाहिरी जिल्लाबाट शिक्षक ल्याउनुपर्ने अवस्था थियो । यो विद्यालयले राजनीतिक, सामाजिक, निजामति कर्मचारी, व्यापार व्यवसाय लगायत राष्ट्रिय, परराष्ट्रस्तरमा महत्वपूर्ण छवि बनाएका व्यक्तिहरुको उत्पादन गरेको जिरी माविका पूर्व प्रधानाध्यापक तथा सल्लाहकार टेक बहादुर जिरेलले बताउनुभयो । उहाँका अनुसार पठनपाठन गर्ने व्यवस्था नभइरहेको बेला जिरीमा पहिलो पटक विद्यालय स्थापना गर्न टिका बहादुर खड्का, लिला बहादुर कार्की लगायतका व्यक्तिहरुले विद्यालयको स्थापना गरेका थिए । टिका बहादुर खड्का, लिला बहादुर कार्की बाहेकका अन्य संस्थापकको निधन भइसकेको छ ।