images
images

नेकपा महासचिव विप्लवद्धारा आन्दोलनको घोषणा

  • १९ मंसिर २०८०, मंगलवार १३:०५

काठमाडौँ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र माईला लामा लगायत नेताहरुबिरुद्ध पक्राउ पुर्जी जारी भएको बिरोधमा नेकपाले आजदेखि तीनदिने संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार नेकपाले आज साँझ मसाल जुलुस गर्ने, २० गते न्यायधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ । काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्धामा हिजो ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि आज नेकपाले बिज्ञप्ति जारी गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २०७७ साल फागुन २१ मा सरकारले आफुसँग गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भैरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको उल्लेख छ ।

राज्यसँग भएका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधान गर्न मद्धत गर्नुपर्ने अदालतले नै गैर कानुनी कदम चालेको भन्दै बिज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायधीश नै सक्रिय बनेको आशंका गरिएको छ ।