images
images

आगामी जेठमा राष्ट्रिय महाधिवशेन गर्ने नेकपा एसको निर्णय

  • १९ मंसिर २०८०, मंगलवार १५:१९

काठमाडौं । नेकपा एकिकृत समाजवादीले राष्ट्रिय महाधिवशेन जेठमा गर्ने निर्णय गरेको छ ।

केन्द्रिय सचिवालयको आज बसेको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । राष्ट्रिय महाधिवशेन आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्ने तय भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाका बारेमा पनि छलफल गर्नुपर्ने भएकाले छुट्टै कार्यदल पनि बनाइएको छ । तीन सदस्यीय कार्यदलमा उपाध्यक्ष वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेका छन् ।