images
images

एमाले दोलखाको नेतृत्व : अध्यक्षमा चार जनाको दावी, सर्वसम्मत बनाउने प्रयास जारी

  • २२ पुष २०७८, बिहीबार ०५:२२

दोलखा । नेकपा एमालेले पुस २३ गते शुक्रवार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

नयाँ नेतृत्व चयन सहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी समेत निकै बढेको छ । दोलखा जिल्लामा पनि एमालेको नयाँ नेतृत्व चयनकालागि नेता तथा कार्यकर्ता वीच चुनावी सरगर्मी बढेको छ । एमाले दोलखाको जिल्ला अध्यक्षकालागि चार जना नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । नेताहरु भरत केसी, नरवहादुर श्रेष्ठ, भरत दुलाल र डबल पाण्डेले अध्यक्ष पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । एमालेका बर्तमान जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेलले जिल्ला अधिवेशनपछि पार्टी नेतृत्व छाड्ने घोषणा गरेपछि चार जना नेताले अध्यक्ष पदमा दावी गरेका हुन् । अध्यक्षमा चार जना नेताको दावी सार्वजनिक भएसँगै उपाध्यक्ष, सचिव र उप सचिव पदमा पनि आकाँक्षा राख्ने नेताहरुको सँख्या दिनप्रति दिन बढ्दै गएको छ ।

एमाले दोलखाको जिल्ला अध्यक्षकालागि चार जना नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । नेताहरु भरत केसी, नरवहादुर श्रेष्ठ, भरत दुलाल र डबल पाण्डेले अध्यक्ष पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । एमालेका बर्तमान जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेलले जिल्ला अधिवेशनपछि पार्टी नेतृत्व छाड्ने घोषणा गरेपछि चार जना नेताले अध्यक्ष पदमा दावी गरेका हुन् ।

एमालेको जिल्ला अध्यक्षमा दावी गरेका चारै जना नेताहरुले आफ्नो दावी स्वभाविक भएको बताएका छन् । पार्टीमा गरेको लगानी, अनुभव र क्षमताका आधारमा अध्यक्ष पदमा दावी प्रस्तुत गर्नु स्वभाविक भएको उनीहरुको भनाई छ । जिल्लाका पुराना नेता समेत रहेका अध्यक्षका दावेदार केसी भीमेस्वर नगरपालिकाका नगर प्रमुख पनि हुन् । केसी आठौं जिल्ला अधिवेशनमा पनि अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । यस्तै श्रेष्ठ एमाले दोलखाको बर्तमान उपाध्यक्ष र मेलुङ गाउँपालिकाका अध्यक्ष हुन् भने दुलाल पार्टी सचिव एवँ शैलुङ गाउँपालिकाका अध्यक्ष हुन् । अध्यक्षका अर्का प्रत्यासी पाण्डे पार्टी जिल्ला उपसचिव एवँ जिल्ला समन्वय समिति दोलखाका प्रमुख हुन् । एमाले दोलखाको अध्यक्ष पदका दावेदार चारै जना बहालवाला जनप्रतिनिधि हुन् ।

जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा जिल्ला पदाधिकारीमा सहमतिको प्रयास पनि भईरहेको छ । तर, सहमतिको वातावरण भने बनिनसकेको नेताहरुको भनाई छ । एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानले जिल्ला अधिवेशनको भव्य तयारी भईरहेको र नेतृत्व चयनकालागि सहमतिको प्रयास पनि जारी रहेको बताउनुभयो । अन्तिम समयसम्म सहमतिको प्रयास गरिने र सहमति नजुटे लोकतान्त्रिक विधिवाट नेतृत्व चयन हुने प्रचार विभाग प्रमुख मोक्तानले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङले सहमतिको प्रयास भन्दै अध्यक्षका दावेदारहरु वीचको छलफललाई तिव्रता दिएका छन् । अध्यक्षका दावेदार चारै जना गुरुङ निकट भएका कारण पनि उनलाई सहमति जुटाउन कठिन भएको बताईएको छ । यद्धपि गुरुङले बर्तमान उपाध्यक्ष नरवहादुर श्रेष्ठलाई सर्वसम्मत गराउने प्रयास गरिरहेको श्रोतको दावी छ ।

एमाले केन्द्रीय सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङले सहमतिको प्रयास भन्दै अध्यक्षका दावेदारहरु वीचको छलफललाई तिव्रता दिएका छन् । अध्यक्षका दावेदार चारै जना गुरुङ निकट भएका कारण पनि उनलाई सहमति जुटाउन कठिन भएको बताईएको छ । यद्धपि गुरुङले बर्तमान उपाध्यक्ष नरवहादुर श्रेष्ठलाई सर्वसम्मत गराउने प्रयास गरिरहेको श्रोतको दावी छ । यसअघि बर्तमान अध्यक्ष पोखरेललाई नैं पुनः दोहोरिन गरिएको आग्रहलाई उनले अस्विकार गरेको बताईएको छ । एमाले नेता गुरुङले जिल्लाका नेताहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएपनि अहिलेसम्म कुनै उपलव्धि हात पर्न सकेको छैन ।

दोलखा एमालेको संगठनमा बलियो उपस्थिती राख्ने एमाले केन्द्रीय सदस्य एवँ बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जिल्ला नेतृत्वका बिषयमा अहिलेसम्म केही बोलेका छैनन् । नेता पोखरेल जिल्ला आएपछि मात्रै छलफललाई निर्णायकरुपमा अघि बढाउने एमालेको तयारी छ । पार्टी अध्यक्ष पदमा सहमति नजुटे अध्यक्ष सहित सवै पदाधिकारीमा निर्वाचन हुने सम्भावना छ । अध्यक्ष पदका चार जना दावेदार मध्ये भरत र नरवहादुर बलियो उम्मेदवारकोरुपमा देखिएका छन् ।