काठमाण्डौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनवाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपिल समेत गरेको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा छलफल भएको थियो । आगामी माघ १२ गते राष्ट्रियसभाको १९ सिटमा निर्वाचनमा हुँदेछ ।