images
images

भाईब्रेन्ट ग्लोबल समिट रोकिएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित हुने

  • २२ पुष २०७८, बिहीबार ०७:४८

काठमाडौं । कोभिडको बढ्दो संक्रमणका कारण भारतमा हुन लागेको ‘भाईब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्री सेरवहादुर देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।

जनवरी १० र ११ तारिख (पुस २६ र २७ गते) गुजरातको गान्धीनगरमा हुन लागेको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको हो । सवै तयारी पूरा भईसकेको र बिशिष्ट पाहुनाहरुको समेत टुँगो लागिसकेको अवस्थामा भारतको गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको छ । भारतमा एकैदिन ९१ हजार कोभिड संक्रमित फेला परेका छन् । गुजरातमा पनि संक्रमण तिव्ररुपमा बढिरहेको छ ।

‘भाईब्रेन्ट गुजरात ग्लोबल समिट’ मा नेपालका प्रधानमन्त्री सेरवहादुर देउवालाई पनि भारत सरकारले निम्तो दिएको थियो । कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री देउवा पुस २५ गते काठमाडौंवाट सिधै गुजरात जाने कार्यक्रम थियो । तर, कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्वत स्थगित हुने बालुवाटार श्रोतले जनाएको छ । गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी वीच भेटवार्ता हुने कार्यक्रम तय भएको थियो ।