images
images

प्रचण्डलाई भेटेर शुभकामना दिन नपाईने, संस्थागत भेटघाटलाई प्राथमिकता

  • २२ पुष २०७८, बिहीबार ०८:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भौतिकरुपमा भेटेर बद्याई तथा शुभकामना दिने कामलाई सचिवालयले रोकेको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले सूचना जारी गरी काठमाण्डौं लगायतका बिभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको सुझावलाई मध्यनजर गर्दै भौतिकरुपमा भेटेर गरिने शुभकामना आदानप्रदानलाई आजवाट रोकेको जानकारी दिएको हो । प्रचण्ड नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएपछि खुमलटारमा केही दिन यता शुभकामना दिन जानेहरुको लर्को लागेको थियो । भेटेर शुभकामना दिन चाहने नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको व्यवस्थापनमा सचिवालयलाई समेत हम्मेहम्मे परेको थियो ।

प्रचण्डको सचिवालयले भौतिकरुपमा भेटेर दिईने शुभकामना आदानप्रदानलाई रोक लगाईए पनि पार्टीको नियमित प्रक्रिया मार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा मार्फत व्यवस्थित गर्ने प्रयास गरिने जनाएको छ । आगामी दिनमा हुने संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधको प्रयोग मार्फत सहजिकरण गरिने सचिवालयलले जानकारी दिएको छ ।