images
images

कठपुतलीको सुखद व्यापार, भाग्यमानी दशर्कलाई आईफोन उपहार

  • २२ पुष २०७८, बिहीबार ०९:०६

काठमाडौं । कोरोना महामारीपछि बन्द भएका हलहरुमा कठपुतली फिल्मले दर्शक तानेको छ ।

कोरोना महामारीका कारण करिब २ वर्ष बन्द भएर यसपालीको दशैँबाट खुलेका सिनेमा हलमा नेपाली फिल्मले सुखद व्यापार गर्न नसकिरहेको अवस्थामा गत शुक्रबारबाट प्रर्दशनमा आएको फिल्म कठपुतलीले दर्शकको राम्रो साथ पाएको हो । महिला सशक्तिकरणको कुरालाई उठाइएको फिल्म अहिले मुलुकभरका धेरै हलहरुमा राम्रोसँग चलिरहेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले दर्शकको चाप झन् बढेको निर्माण टिमको भनाई छ । भिमसेन लामाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भुमिका रहेको छ ।

चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहँदा निर्माण टिमले नयाँ फन्डा ल्याएको छ । चलचित्र हेर्ने दर्शकमध्ये एक जना भाग्यशाली दर्शकलाई आइफोन–१२ उपहार दिने योजना अघि सारिएको छ । यसका लागि दर्शकले चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने उल्लेख छ । तीमध्ये उत्कृष्ट एक जनालाई आइफोन–१२ उपहार प्रदान गरिने निर्माण टिमले जनाएको छ । नेपालभरका जुनसुकै हलमा चलचित्र हेरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग दिएर राख्नुपर्ने उल्लेख गरिएको छ ।