images
images

आजदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु

  • २२ पुष २०७९, शुक्रबार ०६:३२

काठमाडौं । आज पौष शुक्ल पुर्णिमा, नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत सुरु गर्दैछन् ।

पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपुर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याहमा महादेव र स्वस्थानीको पजा आराधना गर्नेछन् र व्रतको अन्तिम दिन माघ शुक्ल पुर्णिमामा विशेष पुजा आराधान गरी अक्षता, फलफुल, नैवेद्य, जनै, वान र सुपारी लगायतका १ सय ८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपुर्वक व्रत गर्नाले मनोकांक्ष पुरा हुने विश्वास गरिन्छ । यो अवधिमा पाशुपति क्षेत्रस्थित गुहेश्वरी गौरीघाट र किरातेश्वर महोदेवका मन्दिर व्रतालुको गन्तव्य बन्दछ ।