images
images

दोलखाका एक सहित ३८ जना बिचौलिया पक्राउ

  • २२ पुष २०७९, शुक्रबार ०९:०१

जिरी (दोलखा) । दोलखाका एक सहित ३८ जना बिचौलिया काठमाडौँबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो । यातयात व्यवस्था कार्यालय गुर्जुधाराबाट दोलखाको मेलुङ गाउँपालिकाको पवटीका २० वर्षीय प्रदीप भनिने प्रतापसिंह थापा, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–१ का २२ वर्षीय विवश तामाङ र सिन्धुलीको कमलामाई नगरपालिकाका १९ वर्षीय प्रवेश बुढाथोकी तथा वैदेशिक रोजगार तथा श्रम विभागबाट रामेछापको मन्थली नगरपालिका ६ घर भई हाल कागेश्वर मनहरा नरपालिका ११ बस्दै आएका ३० वर्षीय कटकबहादुर माझी लगायत ३८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई दुई दिनको अवधिमा पक्राउ गरेको हो ।

उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पु¥याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका ३८ जना विरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट १० दिन म्याद थपिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।