images
images

सभामुखको निर्वाचन माघ ७ मा हुने

  • २२ पुष २०७९, शुक्रबार १५:२९

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ ७ गते गर्ने सहमति भएको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गतेभित्रमा प््रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति भएको हो । नयाँ बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ गतेभित्र सभामुख र उपसभामुख चयन गर्न सहमति जुटेको छ । सभामुखको निर्वाचन लगत्रै ९ गतेभित्र उपुसभामुखको उपनिर्वाचन गरिने बताइएको छ ।