images
images

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने दोलखाका एकसहित ६ जना पक्राउ

  • २२ पुष २०७९, शुक्रबार १७:२८

दोलखा । अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्रयाउने दोलखाका एक सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाका अनुप खड्का, अछामका विजयविक्रम शाह रंगबहादुर साउद, जाजरकोटका चक्रबहादुर खत्री र पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले रहेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले खड्कासहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ । अमेरिकाबाट भित्रयाइएको शंकास्पद रकमको अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरीएको ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।