दोलखा । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले पूर्व प्रदेश इन्चार्ज हितमान शाक्य, नेतृ देवी खड्कासहित ३७ जनाको नाम सिफारिस गरेको छ।
माओवादीको बागमती प्रदेश समितिले प्रदेशका पूर्व इन्चार्ज हितमान शाक्य, पूर्व राज्यमन्त्री एवँ नेतृ देवी खड्का, नेता हिमाल शर्मासहित ३७ जनाको नाम पार्टी केन्द्रमा शिफारिस गरेको हो राष्टिय सभा सदस्यकालागि ३७ जनाको नाम शिफारिस गरिएकोमा काठमाडौंवाट मात्रै १२ जना रहेका छन् । काठमाडौंवाट हितमान शाक्य, मुक्तिनारायण प्रधान, हिमाल शर्मा ईश्वरीप्रसाद भट्टराई, कुमार पौडेल, दिलीप महर्जन, नन्दकुमार प्रसाईं, परशुराम तामाङ छन्। यस्तै काठमाडाैँबाटै दलिततर्फ अमरबहादुर विक र शंखर दुलाल छन् भने महिलातर्फ कौशर शाह र रुपा महर्जन श्रेष्ठ छन्।
काभ्रेका कृष्ण अधिकारी र दिनानाथ गौतम, रामेछापका डिल्लीराम तामाङ, भक्तपुरका दिलीप प्रजापति, रापेछापका धावा लामा, भक्तपुरका प्रेम ढकाल, सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा, सिन्धुलीका रसबहादुर कार्की, धादिङका रामबहादुर भण्डारी, चितवनका सूर्यप्रसाद सुवेदीको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिनुभयो । महिलातर्फ काठमाडाैँबाहेक दोलखाकी देवी खड्का, चितवनकी निशा शर्मा, नुवाकोटकी मीना पाख्रिन (बिमा), नुवाकोटकै राममाया बोगटी, रापेछापकी लक्ष्मी गुरुङ, मकवानपुरकी लक्ष्मी गोले र चितवनकी संगीता भट्टराई रेग्मीको नाम सिफारिस गरिएको छ ।
दलिततर्फ ६ जनाको नाम सिफारिस गरेर पठाइएको छ । जसमा काठमाडाैँका २ जनाबाहेक रामेछापका केशरकुमार कालिकोटे, चितवनका खेम दर्जी, सिन्धुलीका विनोद विक र नुवाकोटका शिव खाती रहेका छन् ।यस्तै अपांग तथा अशक्ततर्फ रामेछापका भक्तबहादुर थापा र शंकर बोहरा, काभ्रेका भोला अर्याल र सिन्धुपाल्चोकका टीकाराम पराजुलीको नाम सिफारिस गरिएको छ । राष्टिय सभामा बागमती प्रदेशवाट ४ सिट रहेको छ ।



गोपि लामा 






