
सिन्धुली । सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
हरिहरपुरगढी गाउँपालिका–२ जखौलीमा ना ३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २० वर्षीय कैलाश राईको मृत्यु भएको हो । हिजो बेलुकी दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौँडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।
प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।