images
images

उपनिर्वाचनबाट वडाअध्यक्षमा विजयी शाह कार्यभार सम्हाल्नै नपाई थुनामा

  • २२ पुष २०८१, सोमबार १८:१०

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित एक वडाअध्यक्ष कार्यभार सम्हाल्नै नपाई थुनामा गएका छन् ।

नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्रकुमार शाह जवरजस्तीकरणी तथा अपहरण मुद्धामा पुर्पक्षका लागि थुनामा गएका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको ईजलासले साहसहित दुई जनालाई आज पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले वडाअध्यक्ष र अर्का आरोपी शिक्षक राजनारायण साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नवनिर्वाचित वडाअध्यक्षसहित ६ जनाविरुद्ध जवरजस्तीकरणी गरी कर्तव्य ज्यान र व्यक्ति वेपत्ता पारेको सम्बन्धी दुईवटा मुद्धा दर्ता भएको छ । नवनिर्वाचित वडाअध्यक्ष शाह मंसिर २० गते सपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।