images
images

कारागारमा रहेका टोपबहादुर रायमाझी उम्मेदवार सिफारिस: अर्घाखाँची एमालेको ‘सप्राइज’ निर्णय

  • २२ पुष २०८२, मंगलवार १६:३२

काठमाडौं । कारागारमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट एमालेको उम्मेदवार सिफारिस भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीर आरोपमा कारागारको  दिनहरू काटिरहेका रायमाझीलाई नेकपा एमाले अर्घाखाँचीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फेरि एकपटक उम्मेदवार सिफारिस लागि सिफारिस गरेको हो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट एमाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं केन्द्रीय सदस्य चेतनारायण आचार्यको उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले रायमाझीको नाम पहिलो नम्बरमा राखेर केन्द्रमा पठाएको छ । रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम पनि सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।