images
images

यी हुन् दोलखा एमालेका पालिका इन्चार्ज र सहइन्चार्ज (नामावली सहित)

  • २३ माघ २०७८, आईतवार १०:०४

दोलखा । नेकपा एमाले दोलखामा नयाँ नेतृत्व आएपछि बसेको पहिलो बैठकले ९ जना नेतालाई इन्चार्ज तोकेको छ ।

सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा माघ २१ र २२ गते बसेको नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले सवै पालिकामा इन्चार्ज तोकेको हो । एमालेको गत पुस २३ गते भएको निर्वाचनबाट ९९ सदस्यीय जिल्ला कमिटी चयन भएको थियो । नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले १६ जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको हो । मनोनित गरिएकामध्ये केही नेतालाई पालिका इन्चार्जको जिम्मेवारी दिइएको छ । बैठकले भीमेश्वर नगरपालिकाको पार्टी इन्चार्जमा नविन लामा, जिरी नगरपालिकाको इन्चार्जमा गोपाल जिरेल, गौरीशंकर गाउँपालिकाको पार्टी इन्चार्जको जिम्मेवारी स्वयबहादुर खड्कालाई तोकेको छ । यस्तै तामाकोशीमा देवि शर्मा, मेलुङमा छत्रराज उप्रेति, विगुमा कुमार खड्का, कालिञ्चोकमा रोहितचन्द्र खड्का, वैतेश्वरमा ऋषिकेश उप्रति र शैलुङमा धनबहादुर तमाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । एमालेले उप्रेति र तमाङलाई जिल्ला कमिटीमा मनोनित गरिए लगत्तैपालिका इन्चार्जको जिम्मेवारी दिइएको हो । स्रोतका अनुसार एमाले दोलखाको अध्यक्षमा चुनाव लडेका भरत दुलाल लगायतका नेताहरुले जिम्मेवारी बाँडफाँड गरीएको केही नाममा असहमति जनाएका छन् । एमाले दोलखाले आज दिउँसो पत्रकार सम्मेलन गरी पहिलो जिल्ला कमिटीको निर्णयहरु सार्वजनिक गर्दैछ ।

जिल्ला कमिटीमा मनोनित तथा इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएका नामहरुमा फेरवदल हुनसक्ने सम्भावना अझै बाँकी रहेको नेताहरुले बताएका छन् । नेकपा एमालेको विधान अनुसार जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउनेछ । त्यस अनुसार एमाले दोलखाको जिल्ला कमिटी १ सय १७ सदस्यीय हुनुपर्नेमा अहिले १ सय ६ सदस्यीय रहेको छ । पहिलो बैठकले १६ जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । एकिकरण प्रक्रियाबाट आएकाहरु मध्येबाट ६ जना र जिल्ला कमिटीले मनोनित गर्ने केही सदस्यहरु मनोनित हुन बाँकी रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।

पालिका इन्चार्ज र सहइन्चार्जहरु
भीमेश्वर नगरपालिकाः
इन्चार्ज नविन लामा
सहइन्चार्ज कैलाश श्रेष्ठ
जिरी नगरपालिकाः
इन्चार्ज गोपाल जिरेल
सहइन्चार्ज तेज बहादुर खड्का, कृष्णमाया बुढाथोकी
कालिञ्चोक गाउँपालिकाः
इन्चार्ज रोहितचन्द्र खड्का
सहइन्चार्ज हरि ओली, गणेश प्रसाद शिवाकोटी, लक्ष्मण थामी

गौरीशंकर गाउँपालिकाः
इन्चार्ज स्वय वहादुर खड्का
सहइन्चार्ज झलक कार्की, देवी गुरुङ
वैतेश्वर गाउँपालिकाः
इन्चार्ज ऋषिकेश उप्रति
सहइन्चार्ज रेशमराजस्वराज रिमाल, डबल तमाङ

तामाकोशी गाउँपालिकाः
इन्चार्ज देवि शर्मा
सहइन्चार्ज बसन्त थापा र धिरज सुवेदी
मेलुङ गाउँपालिकाः
इन्चार्ज छत्रराज उप्रेति
सहइन्चार्ज गायत्री आचार्य, सोम वंजन

शैलुङ गाउँपालिकाः
इन्चार्ज धन बहादुर तमाङ
सहइन्चार्ज ईश्वर न्यौपाने, लालमाया योन्जन
विगु गाउँपालिकाः
इन्चार्ज कुमार खड्का
सहइन्चार्ज गोमा केसी, प्रविन कुमार खड्का