images
images

भारतकी प्रख्यात गायिता लत्ता मंगेशकरको निधन

  • २३ माघ २०७८, आईतवार ११:५९

काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको आज बिहान निधन भएको छ ।

८ सेप्टेम्बर १९२८ मा जन्मिएकी लताको ९२ बर्षको उमेरमा निधन भएको हो । प्रख्यात गायिका लतालाई कोभिड १९ पोजेटिभ देखिएपछि मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना र निमोनिया भएपछि उनको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । विश्वकै लोकप्रिय गायिका लताको सरस्वती पूजाको दिन निधन भएको हो । ८० बर्षसम्म गीतसंगितमा सक्रिय लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् ।