images
images

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री खड्का एमाले जिरीको कार्यालयमा

  • २३ माघ २०७८, आईतवार १७:०८

जिरी (दोलखा) । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री जिरीको विभिन्न कार्यालयको निरिक्षण र स्वागत कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।

हिजो गृहजिल्ला दोलखा आएका मन्त्री विशाल खड्का जिरी नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर हेटौंडा फर्किएका हुन् । दुई दिने भ्रमणमा जिरी आएका मन्त्री खड्का आज विहान जिरीमा निरिक्षण तथा विभिन्न कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए । उनले आज विहान जिरीमा रहेको केही सरकारी तथा गैरसरकारी कार्यालयको अवलोकन तथा निरिक्षण गरेका छन् । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक जिरी आएका मन्त्री खड्काले जिरी प्राविधिक शिक्षालय र सहिद स्मृति आवासीय मावि लगायतको अवलोकन गरेका थिए भने जिरी उद्योग वाणिज्य संघद्धारा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

जिरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री खड्काले जिरीको पूर्वाधार र पर्यटन विकासका लागि प्रदेश सरकारकाले प्राथमिकतामा राखी काम गर्ने बताएका छन् । जिरीको विकासलाई आफुले पहिलो प्राथमिकतामा राखेको मन्त्री खड्काको भनाई छ ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक जिरी आएका मन्त्री खड्काले जिरी प्राविधिक शिक्षालय र सहिद स्मृति आवासीय मावि लगायतको अवलोकन गरेका थिए भने जिरी उद्योग वाणिज्य संघद्धारा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।साथै, मन्त्रीले हिजो निधन भएका जिरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य लिला बहादुर जिरेलप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । 

साथै, मन्त्रीले हिजो निधन भएका जिरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य लिला बहादुर जिरेलप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । एमाले जिरी नगरकमिटीले एमाले पार्टी कार्यालयमा आयोजना गरेको शोक सभा कार्यक्रममा सहभागी भएर मन्त्री खड्काले जिरेलप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  शोक सभामा बागमती प्रदेशसभा सांसद आङदेण्डी शेर्पा, जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल, जिरी नगरका नगरप्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, नेकपा माओवादी केन्द्र जिरी नगरकमिटिका अध्यक्ष गेल्बु शेर्पा, नेकपा एमाले जिरी नगरकमिटीका अध्यक्ष केशव कुमार कार्की, नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँकमिटिका अध्यक्ष भीम बहादुर श्रेष्ठ र जिरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष डुके शेर्पा लगायतको उपस्थिति रहेको थियो । यस्तै, जिरीबाट फर्कने क्रममा मन्त्री खड्काले डिभिजन वन कार्यालय रामेछाप र भु–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापको पनि भ्रमण तथा अनुगमन गरेका छन् ।