images
images

नेपाली कांग्रेस दोलखाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही नगर्ने

  • २३ माघ २०७९, सोमबार १०:०६

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही नगर्ने भएको छ ।

दोलखा कांग्रेसले आज विहान विज्ञप्ती जारी गरी नेपाली कांंग्रेसका सबै नेता–कार्यकर्तालाई आगामी यात्रामा पार्टीको निती तथा निर्देशन बमोजिम लामबद्ध हुन आव्ह्वान गर्दै कारवाही नगर्ने बताएको हो । पार्टी सभापति बर्मा लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा गत मंसिरमा सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई क्षमादान गरिदिएको भनिएको छ । पार्टी सभापति लामाले नेपाली कांग्रेसले अन्र्तघाती कांग्रेस, सूर्यमुखी तथा अर्थमुखी कांग्रेस समेतलाई क्षमादान गरेको बताएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेशसभा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका लामाले यसअघि पटक–पटक अन्र्तघातीलाई कारवाही हुने बताउँदै आएका थिए । उनले प्रत्येक मञ्चमा भाषण गर्ने क्रममा निर्वाचनमा सूर्यमुखी कांग्रेस र अर्थमुखी कांग्रेसले असहयोग तथा अन्र्तघात गरेको भन्दै अन्र्तघातीलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

तर, अहिले सबैलाई आफुले माफी दान गरेको लामाले घोषणा गरेका छन् । लामा नेकपा एमालेका उम्मेदवार भरत बहादुर केसीसँग पराजित भएका थिए । निर्वाचनको परिणाम आउने क्रममा उनले आफु परिजित भएसँगै सुर्यमुखी कांग्रेस, अर्थमुखी कांग्रेस र अन्र्तघातीका कारण आफु पराजित हुनु परेको बताएका थिए ।

सभापति लामाका अनुसार सबै परिस्थितिको मूल्यांकन गरी आगामी दिनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सबै नेता–कार्यकर्ताहरु एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको महसुस गर्दै क्षमादान गर्ने निर्णय गरिएको हो । उनले दोलखा जिल्लाको पार्टी सभापतिको गहन जिम्मेवारीलाई मनन् गर्दै अन्तर्घात गर्नेहरुलाई सुध्रने अवसर प्रदान गरिएको पनि बताएका छन् ।