images
images

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

  • २३ माघ २०७९, सोमबार १२:५९

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छिन् ।

राष्ट्रियसभाको आज बसेको बैठकबाट उपाध्यक्ष पदमा अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । आजको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाकी सदस्य अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएकाले सत्तागठबन्धनकी साझा उम्मेदवार बनेकी अर्याल सर्वसम्मत निर्वाचित भएकी हुन् । अर्यालले नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।