images
images

लादुकमा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु, २ जना घाइते

  • २३ माघ २०७९, सोमबार १३:३६

दोलखा । दोलखाको विगु गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्लाको विगु गाउँपालिका वडा नम्बर ४ लादुकमा ट्याक्टर दुर्घटनामा २४ वर्षिय किसन बिसुन्केको मृत्यु भएको हो । आज मध्यान्ह साँढे १२ बजे सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ट्याक्टर दुर्घटना हुँदा बिसुन्केको मृत्यु भएको हो । दुर्घटनामा परी बिसुन्के सहित २३ वर्षिय जिवन नेपाली र २२ वर्षिय रामु नेपाली घाइते भएका थिए । घाइतेको उद्धार गरी सिंगटी अस्पताल ल्याइएकोमा चिकित्सकले बिसुन्केलाई मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । अन्य दुई जनाको भने सिंगटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।