
काठमाडौं । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दोलखाका एकसहित दुई जनाको उद्धार गरिएको छ ।
दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि सेनाको कब्जामा रहेका दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेरहथूमका २९ वर्षीय फुर्वा शेर्पाको उद्धार गरिएको हो । गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा दोलखाका शेर्पा र नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेरहथूमका २९ शेर्पाको उद्धार गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।
उनीहरु दुई जनालाई भोली काठमाडौं ल्याउने तयारी भएको गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले बताउनुभयो ।