images
images

प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा सापकोटा

  • २२ फाल्गुन २०७८, आईतवार ०७:५३

हेटौँडा ।प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा चयन भएका छन् ।

प्रेस चौतारी नेपालको हिजो भएको प्रथम प्रादेशिक अधिवेशनले बागमती प्रदेशको अध्यक्षमा सापकोटालाई चयन गरेको हो । यस्तै, बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल निर्वाचित भएका छन् । प्रेस चौतारी नेपालले सात वटै प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसियटमा नयाँ नेतृत्व चयन गरेकोे छ । जसअनुसार प्रेस चौतारी बागमतीको अध्यक्षमा सापकोटा, प्रदेश १ मा अविजाल विष्ट, मधेश प्रदेशमा फणि महत, गण्डकी प्रदेशमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी, कर्णालीमा प्रकाश अधिकारी र सुदुरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

यस्तै, उपत्यकाको अध्यक्षमा विष्णु आचार्य र महासचिवमा घनश्याम धमला, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुंगेल र महासचिवमा भिसा काफ्ले तथा एसोसिएट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन् । सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । प्रेस चौतारी नेपालको यही फागुन २७ र २८ गते पोखरामा नवौँ राष्ट्रिय महाधिवेशनको आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।