![](https://www.hamroupdate.com/wp-content/uploads/2022/03/URJA_JALASHROT_TATHA_SINCHAI_MANTRALAYA-pic.jpg)
दोलखा । सरकारले २० युनिटसम्म वा सो भन्दा कम विद्युत खपत गर्ने सर्वसाधारणलाई छुट दिने निर्णय गरेसँगै दोलखाका ७१ हजार बढी उपभोक्ताले छुट सुविधा पाएका छन् ।
नेपाल सरकारले गत मंसिरदेखि लागु हुने गरी बिद्युत महशुलमा २० युनिटसम्म वा सो भन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई छुट दिने निर्णय गरेपछि जिल्लाका ७१ हजार बढी उपभोक्ता लाभान्वित भएका हुन् । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले उर्जा मन्त्रालय सम्हाले लगत्तै २० युनिटसम्म वा सो भन्दा कम बिद्युत खपत गर्ने सर्वसाधारण उपभोक्तालाई बिद्युत महशुलमा छुट दिने निर्णय गरेको थियो । उर्जा मन्त्री पम्फा भुषालले सर्वसाधारण ग्राहकलाई छुट दिने प्रस्तावलाई मन्त्रीपरिषदको बैठकमा लगेकी थिईन् । सो प्रस्तावमन्त्री परिषद वाट पारित भएलगत्तै मंसिर महिनादेखि बिद्युत महशुलमा छुटको व्यवस्था लागु भएको थियो ।
नेपालको इतिहासमै पहिलो पटक सर्वसाधारण उपभोक्ताले बिद्युत महशुलमा छुट पाएका हुन् । विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रकाअनुसार दोलखा जिल्लामा ७१ हजार ५१ जना विद्युत उपभोक्ताहरुले २० युनिट भन्दा कम विद्युत खपत गरेका छन् । उनीहरुले २० युनिटसम्मको वा सो भन्दा कम विद्युत खपत गरेवापत यही मंसिर महिनादेखि छुट सुविधा पाएको विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।
नेपालको इतिहासमै पहिलो पटक सर्वसाधारण उपभोक्ताले बिद्युत महशुलमा छुट पाएका छन् । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले उर्जा मन्त्रालय सम्हाले लगत्तै २० युनिटसम्म वा सो भन्दा कम बिद्युत खपत गर्ने सर्वसाधारण उपभोक्तालाई बिद्युत महशुलमा छुट दिने निर्णय गरेपछि उर्जा मन्त्री पम्फाभुषालले सर्वसाधारण ग्राहकलाई छुट दिने प्रस्तावलाई मन्त्रीपरिषदको बैठकमा लगेकी थिईन् । सो प्रस्तावमन्त्री परिषद वाट पारित भएलगत्तै मंसिर महिनादेखि बिद्युत महशुलमा छुटको व्यवस्था लागु भएको हो ।
तीन महिनाको अवधिमा ७१ हजार बढी ग्राहकले २१ लाख ३१ हजार ५ सय ३० रुपैँया बराबरको छुट सुविधा पाएका हुन् । जसअनुसार सबैभन्दा धेरै पौष महिनामा २८ हजार ८ सय ७१ जनाले ८ लाख ६६ हजार १ सय ३० रुपैँया बराबरको छुट पाएका छन् भने मंसिर महिनामा २६ हजार ९ सय १५ जना ग्राहकले २० युनिट भन्दा कम विद्युत खपत गरेवापत छुट सुविधा लिएका छन् । उनीहरुले ८ लाख ७ हजार ४ सय ५० रुपैँया बराबरको छुट पाएका छन् ।
सरकारले गरेको छुटको व्यवस्था अनुसार २० युनिटसम्म बिद्युत उपभोग गर्ने उपभोक्ताले मासिक न्यूनतम ३० रुपैयाँ मात्रै शुल्क तिर्नु पर्नेछ । सरकारले विपन्न नागरिकलाई लक्षित गर्दै ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकका लागि इनर्जी शुल्क नलाग्ने र न्युनतम शुल्क ३० रुपैँया तिनुपर्ने व्यवस्था गरे बमोजिम उनीहरुले सो शुल्क तिनुपर्ने भएको हो । २० युनिट भन्दा बढी विद्युत खपत भएमा भने उनीहरुले तोकिएको प्रति युनिट मुल्यका आधारमा रकम तिर्नु पर्नेछ । यसअघि २० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकहरुले मासिक ८० रुपैँया तिर्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसको केही वर्षपछि ६० रुपैँया तिरेपनि हुने व्यवस्था गरिएकोमा हाल २० युनिटसम्मको विद्युत खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै तिनुपर्ने व्यवस्था गरिएकोहो ।