images
images

सुनको मुल्य प्रतितोला एक लाख नाघ्यो

  • २२ फाल्गुन २०७८, आईतवार १३:३७

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष २०७७ सालको भदौ यता पहिलो पटक सुनको मुल्य १ लाख रुपैँया भन्दा बढी भएको हो । आज सुन प्रतितोला २ हजार रुपैँयाले बढ्दै करिब डेढ वर्ष यता पहिलो पटक एक लाख रुपैँया भन्दा माथि पुगेको हो । आज छापावाल सुनको प्रतितोला १ लाख १ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेसँगै नेपालमा सुनको मुल्य आकाशिन थालेको हो । यस्तै चाँदीको मुल्य पनि प्रतितोलामा ३५ रुपैँयाको दरले बढेको छ । आज चाँदी १ हजार ३ सय ८० रुपैँयामा कारोबार भइरहेको छ ।