images
images

प्रधानन्यायधीश विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन समिति गठन  

  • २२ फाल्गुन २०७८, आईतवार १४:१९

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शंम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव अघि बढाउन ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव अघि बढाउन गठित समितिको नाम प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रस्तुत भएको महाअभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ । समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबावु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायधीश विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । जबराविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि जबरा स्वतः निलम्बित भएका छन् ।
 ।