images
images

मन्थलीस्थित तामाकोशी नदीमा ट्याक्टर खस्दा चालक बेपत्ता

  • २२ फाल्गुन २०७८, आईतवार १५:२८

रामेछाप । रामेछापको मन्थली नगरपालिकास्थित तामाकोशी नदीमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् भने सहचालक सामान्य घाइते भएका छन् ।

मन्थलीबाट भटौलीतर्फ जाँदै गरेको ज १ त ८३९८ नम्बरको खाली ट्याक्टर मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशेबाट सय मिटर तल तामाकोशी नदीमा खस्दा चालक मन्थली नगरपालिका २ करमबोटका २२ वर्षीय सरोज माझी बेपत्ता भएका हुन् । आज मध्यान्ह करिब साँढे १२ बजे ट्याक्टर नदीमा खसी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा १५ जनाको टोली खटिएका थिए ।

चालक माझीको खोजीकार्य भइरहेको रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परि सहचालक रामेछापकै खाँडादेवी गाउँपालिका ४ रजगाउँका १९ वर्षीय रमेश माझी सामान्य घाइते भएका छन् । उनको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।