images
images

ओखलढुंगामा जिप दुर्घटनाः एक महिलाको मृत्यु, सात जना घाईते

  • २२ फाल्गुन २०७८, आईतवार १६:२०

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

दुर्घटनामा परी चिसङखुगढी गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएको हो । गम्भिर घाईते भएकी उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२०–०१ ज ३८७५ नम्बरको जिप सिद्धिचरण गाउँपालिका वडा नम्बर ५ स्थित सिस्नेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएकामध्ये जिप चालक र अर्का एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्यको सामुदायिक अस्पताल ओखलढुंगामै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।