
दोलखा । यो वर्षको एसईई परिक्षामा दोलखाबाट ३ हजार ४० जना परिक्षार्थी सहभागी हुने भएका छन् ।
चैत १७ गतेबाट सुरु हुने एसईई परिक्षामा जिल्लाका ९९ वटा विद्यालयबाट ३ हजार ४० जना परिक्षार्थी सहभागी हुनेछन् । शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका अनुसार १३ सय ९८ जना छात्र र १६ सय ४२ जना छात्रा यो वर्षको एसईई परिक्षामा सहभागी हुनेछन् । एसईइमा ८७ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत तथा एउटा खुल्ला विद्यालयबाट परिक्षार्थीहरु सहभागी हुँदैछन् । ११ वटा संस्थागत विद्यालयबाट १ सय ८७ जना छात्र र १ सय ८ जना छात्रा गरी कुल २ सय ५५ जना विद्यार्थीहरु एसईईमा सहभागी हुनेछन् । यस्तै सामुदायिक विद्यालतयतर्फ ८७ वटा विद्यालयका २ सय ५५ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरवावु श्रेष्ठले जानकारी दिनुभयो । जसमा १२ सय ३१ छात्र र १५ सय २४ छात्रा गरी २७ सय ५५ जना सामुदायिक विद्यालयबाट एसईईमा सहभागी हुनेछन् ।
यस्तै एउटा खुल्ला विद्यालयबाट २० जना छात्र र १० जना छात्रा गरी ३० जना परिक्षार्थीले एसईई परिक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ । यो वर्ष एसईईका लागि १९ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । दोलखाबाट गत वर्षको एसईई परिक्षामा ३ हजार १ सय २४ जना परिक्षार्थी सहभागी भएका थिए ।