images
images

काभ्रेपलाञ्चोकमा एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा दोलखाका आमाछोरा गम्भिर घाईते

  • २२ फाल्गुन २०७९, सोमबार १५:२५

दोलखा । अरनिको लोकमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकको ५२ किलोमा एम्बुलेन्सले मोटसाइललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका ३६ वर्षिय धनविर थामी र ७५ वर्षिया पुर्णमाया थामी मोटरसाइकल दुर्घटनामा परी घाईते गम्भिर भएका हुन् । आमाको उपचारका लागि दोलखाबाट काठमाडौं जाँदै गरेका थामी दुर्घटनामा परेका हुन् । सडकमा रक्ताम्य अवस्थामा ढलिरहेका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर धुलिखेल अस्पतालमा पु¥याएका छन् । दुर्घटनामा परेका धनविर थामी र उनकी आमाको हात खुट्टा भाँच्चिएको र अवस्था गम्भिर रहेको घटनास्थलमा पुगेका नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामाले जानकारी दिनुभयो ।

रामेछापको दोरम्वा गाउँपालिकाको बा २ झ ४२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकलमा सवार थामीलाई ठक्कर दिएको हो । काठमाडौंबाट रामेछाप फर्कँदै गरेको एम्बुलेन्सले दोलखाबाट जाँदै गरेको मोटरसाइकललाई दोलालघाट र जिरो किलोको विचमा पर्ने ५२ किलोमा ठक्कर दिएको छ । मोटरसाइकललाई ठक्कर दिने एम्बुलेन्सको नम्बर खुलेपनि मोटरसाइकलको नम्बर खुल्न बाँकी छ । दुर्घटनामा  एम्बुलेन्स र मोटरसाइकल दुवै क्षतिग्रस्त छन् ।