काठमाडौँ । नयाँ गठबन्धन सरकारका नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री दोहोरिने भएका छन् ।
कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिने भएका हुन् । श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनेछन् भने वर्षमान पुन अर्थमन्त्री हुनेछन् । सत्ता गठबन्धन सरकारमा रहेका उर्जा तथा जलस्रोतमन्त्री शक्ति बस्नेत र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारमा पुन दोहोरिने मौका पाएका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री पदको सपथ लिईसकेका सांसद हितबहादुर तमाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमवार मन्त्री नियुक्त भएका तमाङले बिनाबिभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरिसकेका छन् ।










