
काठमाडौँ । गायक जोडी महेश काफ्ले र अस्मिता अधिकारी विवाह बन्धनमा बाँधएिका छन् ।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका सांगितिक जोडी काफ्ले र अधिकारीले आज लगनगाँठो कसेका हुन्। उनीहरुको काठमाडौँको एक ब्यांक्वेटमा विवाह समारोह भईरहेको छ। समारोहमा दुवै पक्षका परिवार, आफन्त र संगीतक्षेत्रका केही व्यक्तिहरू उपस्थित छन्। लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले गत असारमा दुबईस्थित विश्वकै अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए।
नर्सिङ पेसाबाट आएकी अधिकारी नेपाल आईडल हुँदै गायनमा जमेही हुन् भने काफ्ले सानैदेखि गायनमा सक्रिय रहेका थिए । काफ्ले र अधिकारीको जोडी युवापुस्तामाझ चर्चित छ ।