images
images

पटक–पटक स्पष्टीकरणको दवावमा कुलमान, सफाई पेश गर्न उर्जा मन्त्रालयको पत्र

  • २२ फाल्गुन २०८१, बिहीबार १८:४४

काठमाडौँ । कार्यसम्पादनमा शुन्य अंक दिएको उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाई पेश गर्न पत्र पठाएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयपछि उर्जामन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई आज पत्र पठाएको हो । मन्त्रिपरिषदको हिजो बसेको बैठकले तीन दिनभित्र सफाई पेस गर्न भन्दै स्पष्टीकरण सोध्न उर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । सोही अनुसार मन्त्रालयले ‘तँपाईसँगको सम्झौता अन्त्य गरी तपाईँको नियुक्ती किन रद्ध नगर्ने ?’ भन्दै पत्र पठाएको छ ।

पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

उर्जा सचिव सुरेश आचार्यले लेखेको पत्रमा कार्यकारी निर्देशक घिसिङ र मन्त्रालयबीच २०७८ माघ १५ मा भएको सम्झौता अनुरुप आर्थिक् वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको सर्त उल्लंखघन गरेको उल्लेख छ । ४ वटा बुँदामा सफाई पेस गर्न पठाईएको पत्रमा सम्झौता किन रद्ध नगर्ने ? र कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? भन्दै प्रश्न गरिएको छ ।