भक्तपुर । रुकुमपूर्वमा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्।
हालसम्म २ हजार ६३५ मत गणना हुँदा प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ले ४ सय ३१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ले ४ सय १७ मत पाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा ले १ सय ७६ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारमध्ये प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन ले ३५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का रोशन शाह ले ७ मत तथा नेसनल मङ्गल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल का अनुसार हालसम्म २ हजार ६३५ मत गणना सम्पन्न भएको छ र मतगणना कार्य अझै जारी रहेको छ ।










