भक्तपुर । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ ।
कांग्रेसका उम्मेदवार योगेश गौचनले १ हजार ५ सय १ मतान्तरले उनका प्रतिस्पर्धीलाई पारजित गर्दै विजयी भएका हुन् । गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अद्धितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गर्दा अन्य दलहरु निकै कम अंकमा समेटिएका छन् । योगेश अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।
उनी मुस्ताङको थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।










