images
images

थप ३२५ मेगावट बिजुली भारत बिक्रीका लागि नेपालले पायो अनुमति

  • २३ चैत्र २०७८, बुधबार १४:३९

काठमाण्डौ । भारतले थप ३ सय २५ मेगावाट बिजुलीलाई आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर थप ३ सय २५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो । १ सय ४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १ सय ४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जनाएको छ । यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५१ मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको स्रोतको भनाइ छ ।

यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।