images
images

राष्ट्रिय परिचपयत्र वितरणका लागि दोलखामा दुई वटा स्टेशन, आलोपालो प्रणाली हट्यो

  • २३ चैत्र २०७८, बुधबार १७:२९

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले राष्ट्रिय परिचयपत्र वितरणमा सहजता ल्याउन एउटा स्टेशन थप गरेको छ ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि एउटा मात्रै स्टेशन हुँदा समस्या भएपछि स्थानीय प्रशासनले थप अर्काे स्टेशन सञ्चानमा ल्याएको हो । योसँगै जिल्ला प्रशासन कार्यालयको दुई वटा स्टेशनबाट राष्ट्रिय परिचपयत्र वितरण कार्य सुरु भएको छ । सेवा ग्राहीलाई निकै समस्या भएपछि त्यसलाई मध्यनजर गर्दै एउटा स्टेशन थप गरेर गत शुक्रबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवम् प्रशासकिय अधिकृत औलखबहादुर आलेले जानकारी दिनुभयो ।

यसअघि एउटा स्टेशनबाट मात्रै राष्ट्रिय परिचयपत्र वितरण हुँदा निकै मुस्किल भएको र सेवाग्राहीलाई रातभर लाइन बस्नु पर्ने बाध्यता भएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासनले पालिका बमोजिम सातामा बार तोकेर राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको थियो । अहिले भने अर्काे स्टेशन थप गरी दुई वटा स्टेशनबाट सेवा दिन सुरु गरेपछि आलोपालो प्रणाली पनि हटेको छ । दुई वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउन सुरु भएसँगै सेवाग्रहीले रातभर लाइनमा बस्नुपर्ने बाध्यता हटेको र सेवा प्रवाहमा थप सहजता भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आलेले बताउनुभयो ।