images
images

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्यमा दोलखाका दहाल निर्वाचित

  • २३ चैत्र २०७९, बिहीबार १४:४३

दोलखा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्यमा दोलखाका रत्न बहादुर दहाल निर्वाचित भएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनले दहाललाई सर्वसम्मत चयन गरेको हो । दहाल दोलखाको बैतेश्वर गाउँपालिका वडा वडा नम्बर ५ स्थित जलदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । सम्मेलनमा सहभागिताका लागि दहाल र बैतेश्वर मावि बैतेश्वर ६ बाट विद्यालय व्यवस्थापन समितिकी महिला सदस्य रमिता घिमिरेलाई छनौट गरि पठाईएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजनामा २१ र २२ गते प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।