images
images

पुँजीगत खर्च बढाउन तीनै तहका सरकारलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

  • २३ चैत्र २०७९, बिहीबार १६:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा देखा परेको आर्थिक चुनौतिलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको हो । पुँजीगत खर्च समयमा हुन नसके त्यसले विकास निर्माणको काम पछाडि धकेल्ने भएकाले संघ, प्रदेश र स्थानीय तहले पुँजीगत खर्चलाई तिव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयसँग समन्वय गरेर भौतिक प्रगति राम्रो भएका विकास आयोजनाहरुमा स्रोत साधनको अभाव हुन नदिने व्यवस्था गर्न सरकार तत्पर रहेको बताउनुभयो ।