images
images

सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत फेला

  • २३ चैत्र २०७९, बिहीबार १७:१९

काठमाडौं । पुर्वी रुकुममा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत फेला परेका छन् ।

रुकुम पूर्वको उत्तरगंगा गाउँपालिका ३ का १० वर्षिया रिमा बुढा र ८ वर्षिया काली बुढा आज मृत फेला परेका हुन् । सिस्नु टिप्न भएका उनीहरुको शव फेला परेको रुकुम पूर्वका प्रहरी प्रवक्ता, डिआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो । स्थानीय लुपर खोलाको भिरमा दुवै जनाको शव फेला परेको हो । भीरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगञ्जबाट कुकुर सहितको टिम परिचालन भएको डिआईजी पोखरेलले बताउनुभयो ।

हिजो दिउँसो सिस्नु टिप्न गएका बालिकाहरु अवेरसम्म पनि घर नफर्किएपछि स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव भीरमा फेला परेको थियो । त्यस लगत्तै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले आल घटनाको अनुसन्धान भइरहेको बताएको छ ।