images
images

मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

  • २३ चैत्र २०७९, बिहीबार १८:४४

जिरी (दोलखा) । रामेछापको मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

मन्थली नगरपालिका वडा नम्बर ७ कौछिनीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै भृत्यु भएको हो । आज अपरान्ह मन्थलीबाट भटौलीतर्फ जाँदै गरेको बा ११ च ५०५३ नम्बरको यात्रुबाहक बोलेरो सडकबाट तल खस्दा उनीहरुको घटानास्थमलै मृत्यु भएको रामेछापका प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा ६८ वर्षीया जेसुन तामाङ, ८२ वर्षीया नन्दमाया भण्डारी र ८ वर्षीया बालिका लाक्पा घिसिङ तथा ४० वर्षीया ज्यानरानी तामाङ रहेकी छिन् । प्रहरीको अनुसार घाइतेहरुको मन्थलीको विभिन्न अस्पातालमा उपचार भइरहेको छ ।

उकालो मोड्मा बे्रक नलागेपछि बोलेरो सडकबाट तल खसेको प्रहरीको अनुमान छ । बोलेरोमा १५ जना यात्रु सवार थिए । बोलेरो सडकबाट करिब १ सय मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ । यसअघि गत शनिवार मात्रै जिल्लाको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।