images
images

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा महिलाको मृत्यु, १८ महिने छोरा घाईते

  • २४ चैत्र २०८१, आईतवार ०९:०९

सोलुखुम्बु । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

सोलुखुम्बुको सोताङमा जिप दुर्घटना हुँदा सोही स्थानकै ३० वर्षीया सरिता राईको मृत्यु भएको हो । सोताङ गाउँपालिका–२ जुके जाँदै गरेको प्र ३–०१–०२४ च ६८१४ नम्बरको जिप हिजो बेलुका सडकबाट खस्दा आमा सरिता र उनकोे  १८ महिनाको छोरा रेवत राई घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते भएका आछोरालाई उपचारका लागी सोताङ अस्पताल लैजाँदै गर्दा आमा सरिताको बाटोमै मृत्यु भएको र १८ महिने छोरा रेवतको उपचार भरहेको प्रहरीले जनाएको छ ।

बोलेरो चालक ४३ वर्षीय प्रेम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।