images
images

राप्रपाले भृकुटीमण्डपमा पाएन अनुमति, बल्खु वा सिफलमा आमसभा गर्न सक्ने

  • २४ चैत्र २०८१, आईतवार २२:५५

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा आमसभा गर्न नपाउने भएको 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राप्रपा बागमती प्रदेश समितिलाई पत्राचार गर्दै अन्य आन्दोलन र प्रदर्शनका कारण भृकुटीमण्डपमा आमसभा नगर्न भनेको

जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाले निर्धारण गरेको स्थानमा यसअघि नै शिक्षकराष्ट्रिय जनमोर्चा लगायतको आन्दोलन चलिरहेको उल्लेख गर्दै कार्यक्रम स्थानको विकल्पका रुपमा सिफल चौर वा बल्खुमा गर्न सकिने जनाएको छ।

राप्रपाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभाको तयारी गरिरहेका बेला प्रशासनले भृकुटीमण्डपमाआमसभा आयोजना गर्न उपयुक्त नभएको ठहर गरेको हो

प्रशासनले राप्रपालाई आमसभाका लागि सिफलचौर वा बल्खु क्षेत्रमा गर्न भनेको यी दुवै स्थानमध्ये रोजेर राप्रपाले आमसभा गर्न पाउनेछ