images
images

किन दिँदैछ सरकारले तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता ?

  • २३ चैत्र २०८२, सोमबार १५:३७

भक्तपुर । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व एवम् वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई नेपाल सरकारले मानार्थ नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया औपचारिक रुपमा अघि बढाएको छ ।

दशकौँदेखि नेपाली सिनेमामा महत्वपूर्ण भूमिका खेल्दै आएका निर्देशक घिमिरेलाई सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक प्रक्रियाका लागि अनुरोध गरेको छ ।

नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पु¥याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिन लागिएको हो । भारतको कालिम्पोङमा जन्मिएका कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, दर्पण छायाँ जस्ता चलचित्रका निर्देशक घिमिरे भारतीय नागरिक हुन् ।

चलचित्र विकास बोर्डको सिफारिस र नेपाल सरकार -सचिवस्तर) को मिति २०६८ असार २४ निर्णयानुसार यो प्रक्रिया अघि बढेको पत्रमा उल्लेख छ ।

सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई लेखेको पत्रमा घिमिरेको व्यक्तिगत विवरण, कदर पत्र, सम्मान पत्र र मन्त्रालयको निर्णयको प्रतिलिपिसहित ५ पाना कागजात संलग्न राखिएको छ।

मन्त्रालयका शाखा अधिकृत डा. कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन अनुरोध गरिएको हो ।