images
images

जनलहर हाम्रो पक्षमा छ, चुनाव जित्छौंःखड्का

  • २३ बैशाख २०७९, शुक्रबार ०८:२८

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका नेता लक्ष्मण खड्काले बैतेश्वरमा गठबन्धनको जित सुनिश्चित भइसकेको बताउनुभएको छ ।

जिरी एफएमको निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै गठबन्धन अध्यक्षका उम्मेदवार खड्काले यस्तो बताउनुभएको हो । अधिकांश बैतेश्वरबासी आफ्नो र गठबन्धनको पक्षमा रहेको भन्दै उहाँले यो पटकको निर्वाचनमा गठबन्धनकै जित रहने दावी गर्नुभयो । निर्वाचनमा आफुले स्वस्थ प्रतिस्पर्धा चाहेको र इमान्दार ढंगलेनै चुनाव लडी आउने निर्वाचनको परिणाम स्वीकार गर्न तयार रहेको खड्काको भनाई छ । बैतेश्वर गाउँपालिकामा विगतका निर्वाचनमा नेपाली काँग्रेसले बुथ कब्जा गर्ने गरेको घटनाहरु रहेकाले यो पटक त्यस्ता घटना हुन नदिने र त्यस्ता प्रवृत्ति मान्य नहुने उहाँको भनाई छ । आफुहरुसँग धेरै जनमत भएको भन्दै उहाँले यो पटकको निर्वाचनमा कुनै पनि ठाउँमा बुथ लुट्न र मतदातालाई प्रभावित बन्न नदिने बताउनुभयो । लामो समय पत्रकारिता र केही सामाजिक काम गरी अहिले आफु जनस्तरकै मागबाट पालिका अध्यक्षको उम्मेदवार बनेको खड्काले बताउनुभयो ।

आफुहरुसँग धेरै जनमत भएको भन्दै उहाँले यो पटकको निर्वाचनमा कुनै पनि ठाउँमा बुथ लुट्न र मतदातालाई प्रभावित बन्न नदिने बताउनुभयो । अधिकांश बैतेश्वरबासी आफ्नो र गठबन्धनको पक्षमा रहेको भन्दै उहाँले यो पटकको निर्वाचनमा गठबन्धनकै जित रहने दावी गर्नुभयो । अध्यक्षका उम्मेदवार खड्काले आफु निर्वाचित भएपछि पाँच वर्षभित्रमा बैतेश्वरको विकास र समृद्धिका लागि आफुहरुले पुर्वाधार विकासँगसँगै सामाजिक, आर्थिक गतिविधिलाई पनि परिचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

खड्काले अहिले आफुहरु भन्दा बढी गठबन्धनको पक्षमा जनता जागेको बताउनुभयो । अध्यक्षका उम्मेदवार खड्काले आफु निर्वाचित भएपछि पाँच वर्षभित्रमा बैतेश्वरको विकास र समृद्धिका लागि आफुहरुले पुर्वाधार विकाससँगसँगै सामाजिक, आर्थिक गतिविधिलाई पनि परिचालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारी, सहकारी, सामुदायिक संस्था र निजीक्षेत्रको साझेदारी रहेको कम्तीमा १ वटा पालिकास्तरीय नमुना आयोजना आरम्भ हुने बताउनुभयो । उहाँका अनुसार सो आयोजनाबाट कम्तीमा ५ सय जना युवाहरुलाई बहुसाझेदारी मोडेलबाट प्रत्यक्ष र संगठित रोजगारी सिर्जना गरिनेछ भने प्रतिव्यक्ति मासिक आम्दानी ६ हजार भन्दा कम भएका परिवारलाई पाँच वर्षभित्र पूर्ण रोजगारी तथा स्वरोजगारी सिर्जना गरी यस्तो गरीबीको संख्या कम्तीमा ३० प्रतिशतले घटाइनेछ ।

यस्तै, उम्मेदवार खड्काले वडास्तरमा एक वडा एक मध्यमस्तरीय स्वरोजगार योजना सञ्चालन गर्ने, सबै माविहरुमा दूर शिक्षामार्फत कम्तीमा सातामा एक पटक विशिष्ठ स्रोत व्यक्तिहरुले कक्षा लिने, अन्तराष्ट्रिय स्कुल, कलेजहरुसँग भातृ सम्बन्ध विकास गरी सिकाइ आदान प्रदानको वातावरण विकास गरिने, कक्षा ११ र १२ को शिक्षालाई निशुल्क बनाइने र विभिन्न माविहरुमा भिन्न प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गरी बैतेश्वरलाई शैक्षिक हब बनाइने भिजन रहेको बताउनुभयो ।

पालिकाभित्रका उत्कृष्ट, जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक विषयका उच्च शिक्षाका लागि आंशिक छात्रवृत्तिको व्यवस्था गरिने लगायतका धेरै योजनाहरु गठबन्धनको संकल्पपत्रले ल्याएको उहाँले बताउनुभयो ।