हेटौंडा । बागमती प्रदेश आर्थिक बृद्धिदर र कुल ग्राहस्थ उत्पादन (जिडिपि) मा सबैभन्दा अघि रहेको सरकारी तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक बृद्धिदर र कुल ग्राहस्थ उत्पादनमा योगदानका हिसाबले बागमती प्रदेश अघि रहेको तथ्यांकले देखाएको हो । केन्द्रिय तथ्यांक विभागले प्रादेशिक राष्ट्रिय लेखा अनुमान २०७८/७९ देखाएको चालु आर्थिक वर्षको ९ महिनासम्मको प्रगति र बाँकी तीन महिनाको सम्भावित गतिविधिका आधारमा यस्तो प्रक्षेपण गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सातवटै प्रदेशको आर्थिक बृद्धिदरमा सुधार देखिएको छ । जसअनुसार बागमती प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा धेरै ६ दशलमव ७४ प्रतिशत रहेको छ । यो प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको विभागले जनाएको छ ।