images
images

जिरीमा नेकपा माओवादी केन्द्रको यस्तो छ, प्रतिवद्धतापत्र

  • २३ बैशाख २०७९, शुक्रबार १३:०६

जिरी (दोलखा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र जिरी नगरकमिटीले चुनावी प्रतिवद्धतापत्र जारी गरेको छ ।

माओवादी केन्द्र जिरीले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, कृषि तथा रोजगार, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र सुसासन लगायतलाई समेटेर प्रतिवद्धतापत्र जारी गरेको हो । प्रतिवद्धतापत्रमा पर्यटन प्रवद्र्धन अन्तर्गत उपयुक्त विधिबाट जग्गा अधिकरण गरी निजी तथा सरकारी एवम् गैरसरकारी क्षेत्रबाट लगानी जुटाई जिरी तालको निर्माण कार्यलाई अघि बढाइने, जिरी नगरभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुलाई समेटेर छोटो एवम् लामो दुरीका हाइकिङ रुट, ट्रेकिङ रुट, साइकिल्ङ्ग रुट, जिप सफारी तथा क्याम्पिङ बेसहरुको निर्माण विकास तथा प्रवद्र्धन गरिने, जिरी नगरपालिकाभित्रका विद्यमान पार्क तथा पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गरिने, सम्भावित अन्य पर्यटकीय गन्तव्यहरुको खोजी, पूर्वाधारहरुको विकास र प्रचारप्रसार गरिने उल्लेख छ ।

यसैगरी, धार्मिक तथा सास्कृतिक पर्यटनको प्रवद्र्धन गरिने, उद्योग वाणिज्य संघ, होटल संघ तथा विभिन्न संघसंस्था तथा क्लवहरुको सहकार्यमा विभिन्न पर्यटन प्रवर्धन कार्यक्रमहरुको आयोजना गर्ने र वर्षमा कम्तीमा एक पटक राष्ट्रियस्तरको भव्य मेला तथा महोत्सवको आयोजना गरिने योजना बनाइएको छ ।
पूर्वाधार विकासमा सडक विभाग तथा जिरी नगरपालिकाको वर्गिकरण गरी लामोसाँघु–जिरी पछिको दोस्रो तहका ४ वटा रणनैतिक सडहरुलाई ५ वर्षभित्र कालोपत्रे गरिने, तेस्रो तहका सम्पूर्ण सडकहरुको सोलिङ कार्य सम्पन्न गरिने, जथाभावी सडक खन्ने कार्यलाई निरुत्साहित गरिने र आवश्यकता अनुसार ग्रामीण तथा कृषि सडक विस्तार गरिने तथा सडक, भवन, खानेपानी, सिञ्चाई लगायतका पूर्वाधार तथा योजना निर्माणलाई वातावरणमैत्री बनाइने जनाइएको छ ।

माओवादी केन्द्र जिरीले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, कृषि तथा रोजगार, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र सुसासन लगायतलाई समेटेर प्रतिवद्धतापत्र जारी गरेको छ। प्रतिवद्धतापत्रमा जग्गाको व्यवस्थापन गरी जिरी ताल निर्माणदेखि लामोसाँघु–जिरी पछिको दोस्रो तहका ४ वटा रणनैतिक सडहरुलाई ५ वर्षभित्र कालोपत्रे गरिने, शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको तहलाई पूर्ण रुपमा निशुल्क बनाइने र जिरी नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने सम्मको योजना उल्लेख गरिएको छ ।

माओवादी जिरीको प्रतिवद्धतापत्रमा कृषि तथा रोजगार अन्तर्गत नगरपालिकाको सम्पूर्ण वडाहरुमा एक वडा एक उत्पादन कार्यक्रमलाई अघि बढाइने, कृषकहरुलाई नगरपालिकाभित्र अर्गानिक उत्पादन एवम् रैथाने बाली खेती गर्न प्रोत्साहन गरिने, नविनतम खेती प्रवद्र्धन तथा सामूहिक खेती प्रणालीलाई शसर्त अनुदान उपलब्ध गराइने, किवी, आलु, च्याउ, चिया लगायत नगदेबालीहरुको उत्पादन, प्रशोधन तथा बजारिकरणको लागि ठोस योजना बनाइने लगायतका कार्यक्रमहरु पनि समेटिएको छ । शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको तहलाई पूर्ण रुपमा निशुल्क बनाइने, विद्यालयहरुले लिने अतिरिक्त शुल्क बापतको रकम नगरपालिकाले अनुदानको रुपमा उपलब्ध गराउने, नगरभित्रका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने, टाढा रहेका विद्यार्थीलाई नगर बसको व्यवस्था गरिने, आधारभूत विद्यालयलाई आवश्यक बजेट उपलब्ध गराई सवलिकरण गरिने, जिरी नगरपालिकाभित्रका गरिब, विपन्न, असाह्य तथा जेहेन्दार विद्यार्थीहरुलाई निश्चित कोटाको व्यवस्था गरी सहिद स्मृति आवासीय मावि जिरीमा आवासीय सुविधा सहित पठनपाठनको व्यवस्था गरिने, नगर छात्रवृत्ति कोषको स्थापना गरी प्रत्येक वर्ष १/१ जनालाई डाक्टर, इन्जिनियर सहित अन्य आवश्यक जनशक्ति तयार गर्नको लागि पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध लगाइने लगायका एजेण्डाहरुलाई अघि सारिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ जिरी अस्पताललाई प्रदेश सरकार मातहत रहनेगरी ५१ शैयामा स्तरोन्नति गरिने, नगरपालिका अन्तर्गत सञ्चालन हुने योजनाहरुमा स्थानीय जनशक्तिलाई ओजेटी तथा पार्ट टाइम जव मार्फत अल्पकालीन रोजगारीको अवसर प्रदान गरिने, नगरपालिका मार्फत रोजगारी प्रदान गर्न सकिने संघसंस्था तथा निकायहरुमा कम्तीमा ५० प्रतिशत जनशक्ति जिरी नगरपालिकाबाट रहने व्यवस्था गरिने र जिरी भित्रका सबै स्वास्थ्य संस्थाहरुबाट ५ वर्षमुनीका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क उपचारको व्यवस्था गरिने तथा प्रत्येक स्वास्थ्य केन्द्रमा एम्बुलेन्सको व्यवस्था गरिने माओवादी केन्द्र जिरीको प्रतिवद्धतापत्रले जनाएको छ । युवा तथा खेलकुदलाई मध्यनजर गर्दै युथ लिडरसिप कार्यक्रम मार्फत युवा नेतृत्व विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने, युवाहरुमा रहेको सिप, क्षमता र कलाका आधारमा नगपालिकाभित्र रहेका युवाहरुको डाटा बेस तयार गरी लगानीको क्षेत्र पहिचान र विस्तार गरिने लगायका कार्यक्रमहरु समेटिनुका साथै सुसासनको कुरालाई पनि जोडिएको छ ।

जिरी नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाइने, वृद्धभत्ता, अपाङ्गता भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई सम्बन्धित व्यक्तिको घर–घरमा पु¥याइने र नगरपालिकाले गैर सरकारी संस्थाहरुसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने कार्यक्रमहरुलाई पारदर्शी रुपमा सञ्चालन गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिवद्धतापत्र