
जिरी (दोलखा) । दोलखामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गरी बैशाख २४ गते अर्थात भोली मध्यरातीदेखि जेठ ३ गते मध्यरातसम्म माधक पदार्थ विक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा रोक लगाएको जनाएकोे छ । त्यसका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को खण्ड (क) बमोजिम जिल्लाको सम्पूर्ण भागलाई माधक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । तोकिएको अवधिमा कोही कसैले आदेशको उल्लंघन गरिएको पाइएमा कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी खतिवडाद्धारा जारी आदेशमा उल्लेख छ ।