images
images

भ्रष्टचारयुक्त समाज निर्माण गर्नेहरुका विरुद्ध मेरो उम्मेदवारीः तामाकोशीमा उपाध्यक्षकी उम्मेदवार सुवेदी

  • २३ बैशाख २०७९, शुक्रबार १८:३०

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार सिर्जना सुवेदीले महिलाको क्षेत्रमा निति निर्माण गर्न आफु स्थानीय तहको निर्वाचनमा होमिएको बताउनुभएको छ ।

गठबन्धन दलको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुवेदीले सरकार निति निर्माण गर्ने थलो भएकाले त्यसैलाई मध्यनजर गर्दै आफु निर्वाचनमा होमिएको बताउनुभएको हो । हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा आज कुराकानी गर्दै उहाँले व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने जनताको गुनासोपछि आफु राजनितिमा आएको बताउनुभयो । वैशाख ३० मा हुने निर्वाचनमा तामाकोशीमा गठबन्धन दलको जित निश्चित भएको दावि गर्नुभयो । एमाले नेतृत्वको अघिल्लो सरकारले तामाकोशीका जनताको पिर मर्का नबुझेको किसान, युवा, महिलाको क्षेत्रमा कुनै काम गर्न नसकेपछि यो पटक जनता गठबन्धनको पक्षमा खुलेर लागि परेको उहाँको भनाई छ । स्थानीय तहमा विगतमा सिंह जस्ता जनप्रतिनिधि मात्रै आए तर गाउँघरमा सिंहदबार नआएको जनताको गुनासो रहेको भन्दै उहाँले आफुहरुले घोषणापत्रमा उल्लेख गरेका हरेक बुँदालाई अक्षरंश पालना गरी तामाकोशीका जनतालाई न्याय दिलाउने बताउनुभयो ।

तामाकोशीमा संविधानलाई कमजोर बनाएर भ्रष्टचारयुक्त समाज निर्माण गर्नेहरुका विरुद्ध आफ्नो गठटबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उहाँले यो पटक जनताले आफुलाई माया गर्ने विश्वास व्यक्त गर्नुभयो । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको भन्दै उहाँले आफु उपाधयक्षमा विजयी भएमा जनताले प्रत्यक्ष देख्ने र अनुभुति गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि चयन भएकी सुवेदीले २०७४ सालकै स्थानीय निर्वाचनमा होमिने तयारी गरेपनि गठबन्धनका कारण पछि पर्नुपरेको थियो । २० वर्षसम्म शिक्षण पेशमा आवद्ध रहेकी सुवेदी शिक्षण पेशाबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको हो ।